पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध खोप दिइँदै

काठमाडौँ, १ असोज । झापामा पाँच लाखभन्दा बढी नागरिकलाई जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ ।
अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् ।
देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



