अमृताले पढ्ने भइन् नर्सिङ

1.1k
Shares

महोत्तरी, २७ माघ । दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन् । बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश कापरले आफ्ना १९ वर्षीया छोरी अमृताकुमारी कापरको विवाह समारोहमा ज्वाइँलाई एक थान लैनो भैँसी दिन नसक्दा बेहुलाका बुबा तथा बेहुलाले अमृतालाई छोडेर गएपछि विवाह रोकिएको थियो ।

उनलाई पढनका लागि काठमाडौँको सिद्धार्थ बिजनेस् ग्रुपको साकार नामक संस्थाले सघाएको छ । सिद्धार्थ बिजनेस् ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले अमृताले जति पढे आफ्नौँ बिजनेस् ग्रुपले पढाइ दिने बताएका छन् । उनलाई घरमै पुगेर बिजनेस गु्रपले पहिलो चरणमा रु १५ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।

अमृताले पढेर नर्स बनेर समाज सेवा गर्ने रहर पालेकी छन् । गरिबीको कारण कक्षा ९ सम्म मात्र पढ्न सकेकी अमृताका बुबाले छोरीको विवाह गर्न खेत बेचेर ज्वाइँलाई मोटरसाइकल, नगद र सरसामान गरी रु चार लाख ५० हजार दाइजोमा खर्चिएको थियो । अमृताको घटना बुझ्न उनको घर पुगेकी अन्तर पार्टी महिला सञ्जाल बर्दिवासका अध्यक्ष सारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लडाइ लड्ने बताएका छन् । अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई क्षतिपूर्तिबापत दिलाउनु पर्ने  माग गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *