सुचीकृत सरकारी स्वास्थ्य संस्थाबाट गर्भपतन नि:शुल्क हुनथाल्यो

0
Shares

काठमाडौँ, २३ माघ । देशभरका सुचीकृत सरकारी स्वास्थ्यहरुले गर्भपतन सेवा नि:शुल्क दिन थालेका छन् । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा नि:शुल्क गर्भपतन सेवा उपलव्ध गराउने घोषणा गरेको थियो । यद्धपी घोषणा भएको छ महिना पछि मात्रै कार्यक्रम कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखाले गर्भपतन गराउन चाहने महिलाले सुचीकृत सरकारी स्वास्थ्यबाट निशुल्क लिन सक्ने बताएको छ । महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले गर्भपतनका लागि सुचीकृत सरकारी स्वास्थ्य संस्थाबाट यो सेवा निशुल्क पाइने बताए ।

सुचीकृत संस्थाले गर्भपतन सेवा दिएवापत सरकारले प्रतिकेश ८ सय रुपैयाँ उपलव्ध गराउने गरेको छ । त्यसमा मेडिकल( औषधि) र एमभीए( भ्याकुम) प्रणाली दुबै हुनेछन् ।अप्रेसन गर्नुपर्ने केशलाई भने सरकारले प्रतिकेश २ हजार उपलव्ध गराउन लागेको बताए । 

चालु आर्थिक बर्षको सुरुमै कार्यक्रम लागू हुने अपेक्षा गरिएपनि आवको अवधी आधा विति सकेपछि मात्रै सुरु भएको छ । धेरै ठाँउमा पुस महिना देखि सुरु भएको छ कतिपयमा माघ महिनामा सुरु भएको छ । महाशाखा स्रोतले भन्यो ।

गर्भपतन सेवा निशुल्क गर्न सरकारले अघिल्लो बर्ष नै नीति तथा कार्यक्रममा घोषणा गरेको थियो तर बजेटमा नपरेपछि कार्यान्वयनमा आउन सकेन । चालु आवको बजेटमा निशुल्क गर्भपतनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर यति बजेटले नपुग्ने भन्दै महाशाखाले थप बजेटका लागि पहल गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *