टीकापुरको स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी लाभान्वित

0
Shares

काठमाडौँ, २३ माघ । नेपाली सेनाले कैलालीको टीकापुरमा जिल्ला प्रशासन कार्यालयको सहकार्य आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो ।

स्वास्थ्य शिविरबाट प्रदान गरिएको सेवाका बारेमा रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापालगायतले जानकारी लिएको नेपाली सेनाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *