बाल स्वास्थ्य महाशाखामा डा. विकास लामिछाने, व्यवस्थापनमा डा. विकास देवकोटा

0
Shares

काठमाडौँ, २२ माघ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखामा निर्देशकमा डा विकास लामिछानेलाई पठाएको छ । त्यस्तै व्यवस्थापन महाशाखामा डा विकास देवकोटालाई ल्याइएको छ ।

डा लामिछाने यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक थिए । डा देवकोटा भने लुम्विनी अञ्चल अस्पतालका निर्देशक थिए ।

बालस्वास्थ्य महाशाखाका निर्देशक रहेका डा राजेन्द्र पन्त विभागको महानिर्देश बनेपछि सो महाशाखा खालि थियो । त्यस्तै व्यवस्थापन महाशाखाका निर्देशक डा नरेशप्रताप केसी परिवार स्वास्थ्य महाशाखामा पुगेपछि सो ठाँउ पनि खालि थियो ।

डा लामिछाने र डा देवकोटालाई शुक्रबारको मन्त्रिस्तरीय निर्णयले नियुक्ती गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *