स्वास्थ्य उपचारको क्षेत्रमा के नेपालले भारतले जस्तै गर्न सक्छ ?

काठमाडौँ, २ भदौ । गत शनिबार भारतबाट आएका दुई जना चिकित्सकले आफ्नो अस्पतालमा आफूले दिईरहेको सेवाका बारेमा मात्रै बोलेनन्, भारत र नेपालमा हुने उपचार सुविधाबारेमा समेत तुलना गरे ।
अपोलो अस्पतालका डा कुलदिप सिंह र डा अरुण प्रसादले आफ्ना विषयका अलाव भारतले स्वास्थ्य उपचारको क्षेत्रमा कसरी फड्को मार्दै अघि बढेको छ भन्ने बारेमा थोरै बताए ।
हेर्दा सुन्दा सधै सुनिरहेको सामान्य कुरा जस्तो लाग्ने तर उनीहरुले विशेष कुरा भनि रहेका थिए ।
त्यसो त विकासोन्मुख नेपालले छिमेकी देशले गरिरहेको प्रगतिको फड्को साच्छी मात्रै होइन उपाय जानेर अघि बढ्नु पर्ने आवश्यकता छ । किनभने स्वास्थ्य उपचारका लागि नेपालमा जस्तै निजी र सरकारी संस्थाहरु रहेको भारतमा अहिले विश्वका धेरै देशबाट स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । त्यसबाट धेरै विदेशी मुद्रा आर्जन भइरहेको छ ।
यहाँ पनि नेपाललाई मेडिकल हव बनाउने, स्वास्थ्य पर्यटनमा विकास गर्ने, भनेर सरकार देखि संसदसम्म, सरकारी देखि निजी क्षेत्रसम्मले भन्दै आएको कुरा हो । तर व्यवहारिक रुपमा त्यसको कार्यान्वयन हुन सकिरहेको छेन ।
भारतमा यो सम्भव कसरी भइरहेको छ ? कारण के हो ? सुनौ है त उनीहरुका कुरा सार संक्षेपमा :
‘सरकारले निजी क्षेत्रलाई लगानी गर्ने बातावरण बनाएको छ, सरकारी त यसै भईगयो’ : डा. कुलदिप सिंह/ डा. अरुणप्रसाद
स्वास्थ्य उपचारको क्षेत्रमा आज भारत दक्षिण एसियाली मुलुकका लागि मात्रै होइन मात्रै होइन विश्वका कैयौँ देशको गन्तव्य बनिसकेको छ । दक्षिणपूर्वी एसिया, पश्चिम एसिया, मध्यपूर्व, अफ्रिका र युरोपका थुप्रै देशका नागरिक स्वास्थ्य उपचारका लागि भारत आउने गरेका छन् । किन आउँछन् ? पक्कै पनि त्यहाँ प्रविधि र दक्ष जनशक्ति छ । उपचार पनि तुलनात्मक रुपमा सस्तो नै छ ।
त्यसैले त नेपालबाट पनि बर्षेनी हजारौँको संख्यामा उपचारका लागि नेपालीहरु भारत पुग्ने गर्दछन् ।
पक्कै पनि नेपालबाट भारत जानेहरु एड्भान्स उपचार खोज्नकै लागि हुन् । मलाई थाहा छ नेपालमा पनि उत्कृष्ठ अस्पतालहरु खुलेका छन्, उत्कृष्ठ चिकित्सक (सर्जन) छन् ।
तर हामीकहाँ र यहाँ फरक के भने, उता यहाँ भन्दा लेटेष्ट र एडभान्स टेक्नोलोजी छ । त्यसले पक्कै पनि नतिजा राम्रो दिन्छ भन्ने विश्वास न हो । नेपालबाट मात्रै होइन आज विश्वका विभिन्न देशबाट भारतमा उपचार आउनुको मुख्य कारण ।
भारतले कसरी फड्को मार्यो स्वास्थ्य उपचारमा ?
स्वास्थ्य उपचारका क्षेत्रमा भारतमा पनि नेपालमा जस्तै सरकारी र निजी क्षेत्र सक्रिय छन् । यहाँ के छ थाहा छैन तर त्यहाँका निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने गर्दछ ।
किनभने उनीहरुले विश्वका मानिसहरुलाई उपचारको प्रमुख गन्त्वयको रुपमा भारत हो भन्ने बनाई रहेका छन् । अर्थात निजी क्षेत्रले ठूलो लगानी गरेर स्वदेशका मात्रै होइन विदेशी विरामीको उपचारका लागि बातावरण बनाईरहेका छन् ।
आज भारतका ठूला निजी अस्पतालहरुमा नयाँ नयाँ उच्चस्तरीय महंगा प्रविधि छन् । विश्वका टप टप मेडिकल कलेजमा अध्ययन गरेका चिकित्सकहरु भारत फर्किएका छन् । उनीहरुले दिएको रिजल्टका कारण दुनियाका मानिसहरुको विश्वास बढ्दै गएको हो जस्तो लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा चाहे त्यो अस्पताल होस या मेडिकल कलेज सरकारले लगानीमैत्री बातावरण बनाइरहेको छ ।
अर्को कुरा भारतमा पनि स्वास्थ्य क्षेत्रको मुद्धा राजनीतिकको प्रमुख विषय अहिले पनि छ । त्यसैले राजनीतिक दलका नेताहरुले सरकारी संस्था सुधार्नका लागि एक अर्को पार्टीबीच प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।
अब हाम्रा कुरा:
नेपालको अवस्था कस्तो छ ?
नेपालमा पनि निजी क्षेत्रले उच्चस्तरीय सेवा दिई नै रहेको छ । तर ठूलो लगानी गरी ढुक्कले काम गर्ने बातावरण अहिलेसम्म बनेको छैन । आँखा उपचारका लागि छिमेकी देशबाट ठूलो संख्यामा विरामीहरुआउँछन्, कतिपय सर्जरीका केशहरुका लागि पनि निजी अस्पतालहरुमा विदेशीहरु आउने गरेका छन् ।
मुटु मिर्गौला लगायतका उपचारमा नेपालमा खुलेका निजी क्षेत्रकै अस्पतालहरुले विश्वास आर्जन गरिनै रहेका छन् । त्यसैले यहाँबाट उपचारका लागि बाहिर जानेको संख्या घट्दो क्रममा छ । तर राज्यले निजी क्षेत्रलाई हेर्ने नजरिया, कार्यरत स्वास्थ्यकर्मीहरुको सुविधा सम्वन्धी लफडाका कारण अझै पनि सेवा सञ्चालनमा कता कता नमिलेको हो कि जस्तो देखिन्छ ।
पछिल्लो समय अझ खासगरी मेडिकल कलेजहरुमा भइरहने चिकित्सक आन्दोलन, नर्सिङ आन्दोलन, शुल्क सम्वन्धी आन्दोलन, सुविधा सम्वन्धी आन्दोलन, सिट सम्वन्धी आन्दोलन, पदाधिकारी नियुक्तीबिरुद्धको आन्दोलन जस्ता विभिन्न आन्दोलनले नेपालको उपचार क्षेत्रलाई डिस्टर्व गरिरहेको देखिन्छ ।
यता सरकारी अस्पताल तथा प्रतिष्ठानहरुमा सेवा थपिएको त छ तर समयमै उपचार सुविधा पाउन मुस्किल हुँदै गएको छ । गरीब मुलुक भए पनि नेपालले सरकारी संस्थामा ठूलो लगानी गर्दै चिकित्सक उत्पादनका लागि ठूलो संख्यामा छात्रबृत्ति दिने गरको छ । त्यसबाट बर्षेनी ठूलो संख्यामा चिकित्सक नर्सहरु उत्पादन त हुने गरेका छन् तर त्यसरी राज्यको लगानीबाट उत्पादिन जनशक्ति टिकाउन सकिएको छैन । अधिकांश यहाँ अध्ययन सक्ने र सेवा गर्ने बेलामा विदेश पलायन हुने अवस्था छ ।
नेपालमा उपचार प्रविधिको कुरा गरौँ, तत्कालीन राष्ट्रपति रामवरण यादव विसं २०७० सालमा बिरामी पर्दा क्यान्सरको शंका लागि पेटस्क्यान गर्न जापान गएका थिए । फर्के पछि उनले सोही वष बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो मेसिन राख्नका लागि सरकारको ध्यानाकर्षण गराए । सोही वर्ष देखि सरकारले पेटस्क्यान मेसिन खरीदका लागि बजेट विनियोजन गर्न थाल्यो । तर आज १२ वर्ष नाघ्यो अहिलेसम्म सो मेसिन आएको छैन ।
स्वास्थ्य मन्त्रालयले वर्षेनी अर्व बढी बजेट मेसिन तथा उपकरण खरीदका लागि विनियोजन गर्ने गर्दछ तर समयमै सहि प्रक्रियाबाट खरीद गर्न सकिरहेको छैन ।
सरकारी संस्थाहरु मेसिन विहीन हुँदा निजी क्षेत्रले अत्यधिक रकम लिएर मौकामा चौका हान्ने गरेको आरोप लाग्दै आएको छ ।हजारौँ लाखौ आम नागरिकलाई उपचार सुविधा दिई रहेका निजी अस्पताल प्रति हेर्ने दृष्टिकोण राज्य र नागरिकको अहिले पनि अलि फरक नै देखिन्छ ।
के बर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले यी कुरालाई चिरेर अघि बढ्छ ? यदि यी कुरालाई चिरेरै अघि बढ्यो भने त गज्जब हुने थियो ।
साँच्चै बर्तमान सरकारले यस बारेमा अलि फरक ढंगले सोच्ने बेला आएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




