स्वास्थ्य शिविरमा चार सय बढी लाभान्वित

0
Shares

पाँचथर, १७ माघ । पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन् ।

नेपाली सेना,भैरवीदल गण पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ४२४ जना सेवाग्राही लाभान्वित भएका हुन् ।

जिल्लाको आङ्ना, मौवा र वलने गाविसका स्थानीयलाई लक्षित गरी मौवाबजारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा हाडजोर्नी, बाथरोग, मधुमेह, पेट दुख्ने छालासम्बन्धी बिरामी र म्रिगौला परीक्षण समेत गरिएको थियो । त्यस ठाउँका महिला पुरुष गरी २५३ जना बिरामी लाभान्वित भएको भैरवीदलका गणपति शिवराम पन्तले जानकारी दिए ।

उनका अनुसार आइतबार कुरुम्बा, लिम्बा र दुरदिम्बा गाविसका स्थानीयलाई लक्षित गरेर पाँचथर र धनकुटाको सिमाना ६ नम्बर बुधबारेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७१ जना सेवाग्राही लाभान्वित भएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *