नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

0
Shares

 

दाङ, १५ माघ । दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ ।

प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताए ।

सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा आएको प्रसूति सेवा पनि बन्द भएको छ ।

गाविस हुँदा केही रकमको जोहो गरेर सञ्चालनमा ल्याएको र हाल सो गाविस नगरपालिकामा समायोजन हुँदा बजेट नछु्याएको र यतातिर कसैको ध्यान नपुग्दा बन्द गर्नुपरेको प्रमुख केसीले बताए ।

‘गाविस हँुदा आफूहरुका योजना तथा समस्या पनि सहजै सुनवाई तथा सम्बोधन हुने गर्दथ्यो ।

स्वास्थ्य चौकीले ११ हजार भन्दा बढी घरधुरीलाई सेवा दिने गर्दछ । २०७१ ‘साउनमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा ल्यायौँ। गाविस हुँदा यो व्यवस्थापनको लागि रकम विनियोजन गर्ने गर्दथ्यो । अहिले नगरपालिका भएपछि त्यो पनि हरायो, प्रमुख विमल केसीले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *