नेत्रज्योति संघ काठमाडौँ जिल्ला तदर्थ समिति गठन

0
Shares

काठमाडौँ, १० माघ  । नेपाल नेत्रज्योतिसंघको काठमाडौँ जिल्ला तदर्थ समिति गठन भएको छ । गतशनिबार राजधानीमा आयोजित भेलाले राजकुमार राजभण्डारीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा डा निशा झा, डा उद्धव पुरी, महेश प्रसाई, कैलाशभक्त प्रधानांग, हेमराज बराल र जीवनचन्द्र कोइराला चयन भएका छन् । भेलाले समितिको सल्लाहकारमा प्राडा घनश्याम भट्टराईलाई चयन गरेको छ ।

संघले विधान अनुसार एक वर्षभित्रमा समिति गठन प्रकृया पूरा गरी आफू माताहत रहने अस्पताल, प्राथमिक उपचार केन्द्र लगायत आँखा र कान स्वस्थ्य सेवामा संलग्न हुनुपर्ने छ ।

नेपालबाट अन्धोपन निवारण गर्ने र सर्वशुलभ आँखा एवं कान स्वास्थ्य सेवा उपलव्ध गराउन संघ अन्तर्गत यस अघि ३० जिल्लाहरुमा जिल्ला शाखाहरु गठन भैसकेको छ भने १७ ओटा आँखा अस्पताल तथा ७४ ओटा प्राथमिक आँखा उपचार केन्द्रहरु संचालित भैरहेका छन् ।

शनिबार सम्पन्न भेलामा संघका केन्दीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, महासचिव श्यामप्रसाद पोखरेललगायतको उपस्थिति थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *