विश्वयोग दिवस-२०२६ र आजको सन्दर्भ

36
Shares
– बसन्त श्रेष्ठ

आज जुन २१ तारिख, विश्व योग दिवस । आजकै दिनलाई विश्व स्वास्थ्य संघले विश्व योग दिवस मनाउन सन् २०१४ मा घोषणा गरेको हो ।

आधुनिक चिकित्सा विज्ञान अर्थात एलोप्याथी चिकित्सा पद्धतिले चिकित्सा क्षेत्रमा गरेको अद्वितीय सफलताले अन्य चिकित्सा पद्धतिलाई ओझेलमा पारेको छ भने विज्ञानले गरेको भौतिक विकासका कारण मानिसको जिन्दगीमा अत्यन्तै सहज वनाई दिंदा मानिसहरू ऐयासी अर्थात विलासी जीवनशैली, मिठो खाना (भुटेको पोलेको) त्यसै गरि जंकफुड (पत्रु खाना) मा वानी परेकाले मानिसमा नसर्नेरोगको भार ह्वात्तै बढेको छ ।

आजको दिनमा तथ्यांक हेर्ने हो भने एकसय मानिसको मृत्युु भएका मध्ये झण्डै तीन चौथाइ मानिसको मृत्युु नसर्ने रोगको कारणले हुने गरेको पाईन्छ जस्तैः मुटु सम्वन्धी रोग, क्यान्सर, मधुमेह, मृगौला सम्बन्धि रोग मानसिक लगायतका रोगहरु र दुर्घटनाले समेत मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ यसको कारण आधुनिक चिकित्सा विज्ञानलाई चुनौती थपि दिएको छ ।

मानिस आज भौतिक सुख सुविधामा चुर्लुम्मै डुवेको छ शारीरिक परिश्रम गर्ने बानी छदैछैन भन्दा अत्युक्ति नहोला, यतिबेला हरेक मानिस एउटै रुममा संगै भए पनि मोवाईल, कम्प्युटर,ल्यापटप आदिमा झुलि रहँदा शरीर पुरै अल्छी वनेको छ ।

खानपान रहनसहनको त कुरै नगरौं, सबैलाई भुटेको, पोलेको  (तास,सेकुवा), तारेको खाना खाने वानीको साथ साथै युवा युवतीहरुमा धुम्रपान, मध्यपान लागू आौषध सेवन गर्नेहरु दिनानुदिन वढिरहेको पाईन्छ ।

जसको कारण माथि भनिएका नसर्ने रोगभार ह्वात्तै बढेको छ । तसर्थ यी र यस्ता आनीवानीमा सुधार नगर्ने, जीवन पद्धतिमा सुधार नगर्ने हो भने नसर्ने रोगको भारले ब्यक्ति, परिवार, समाज र सिङ्गो मुलुक नै चरम आर्थिक अभावमा जकडिने छ ।

आधुनिक चिकित्सा पद्धतिले उपचारमा जति सहज वनेको छ तर मानिसको भौतिक सुखभोगका कारण नसर्ने रोगहरुले चुनौती दिदै गएको छ । तसर्थ मानिसहरूले विरामी भएर उपचार गराउने भन्दा पनि रोग लाग्न नदिन प्रतिकारात्मक र प्रवर्धनात्मक बाटो अबलम्वन गर्नु अनिवार्य छ ।

यसवर्ष ‘स्वस्थ बुढ्यौलीको लागि योग’ भन्ने नारा सहित आज विश्व योग दिवस मनाईदै छ । सबैले जीवनलाई सकृय र आरोग्य वनाउनसधैं योग अभ्यास गरौं । योग केवल वैकल्पिक चिकित्सा पद्धतिको क्षेत्र नभएर आधुनिक चिकित्सा पद्धतिमा पनि प्रयोग हुने विषय हो ।

वालवालिका देखि हरेक उमेर समूहको लागि पनि योग अभ्यासको महत्त्व छ। मनो चिकित्सकहरु द्वारा पनि वालवालिकाहरुको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर योग अभ्यासको सल्लाह दिने गरेको पाईन्छ ।

साथ साथै यतिबेला योगको नाममा हरेक टोलटोलमा योग गराईदै आएको पाईन्छ तर कस्ता व्यक्तिले कस्तो योग गर्ने, कस्तो कस्तो रोग लागेका मानिसले कस्तो प्रकारको योग अभ्यास गर्ने वा गराउने जानकारी नभएका योग गुरुहरुवाट पनि धमाधम योग गराईएको पाईन्छ, यसको लागि निश्चित मापदण्ड वा तालिमको जरुरी हुन्छ अन्यथा ज्ञानको अभावमा जटिलता पनि थपिन सक्छ ।

तसर्थ निरोगी व्यक्तिहरुले जीवन सकृय वनाउँ, रोगी व्यक्तिहरुले ईजाजत प्राप्त जनशक्तिहरुवाट मात्र सिकेर योग अभ्यास गरौं । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु उत्तम हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *