शिविरमा ७७ जनाले मिर्गौला परीक्षण गराए

0
Shares

म्याग्दी , २२ पुस । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परीक्षण गराएका छन् ।

हरेक नेपालीको मिर्गौला परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने सो शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार/सञ्चारकर्मी र ३७ जना सर्वसाधारण गरी ७७ जनालेमिर्गौला परीक्षण गराएको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिए ।

सो अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले स्वास्थ्य मन्त्रालयको अभियान सकरात्मक भएको भन्दै त्यसको प्रचारप्रसारका लागि युनियनको कदमको प्रशंसा गरे । यस्ता अभियानलाई गाउँ/गाउँमा सञ्चालन गर्न अस्पताललाई उनले सुझाव समेत दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा कृत्तिका कँडेलले अब हरेक सर्वसाधारणको निःशुल्क मिर्गौलापरीक्षणको व्यवस्था गरिएको बताउँदै विभिन्न गाविसमा सञ्चालन गर्ने शिविरमा पनि यो सुविधालाई समावेश गर्ने र त्यसको प्रचारप्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *