थप तीन जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुने

0
Shares

काठमाडौँ, १९ पुस –  सरकारले थप तीन जिल्लालाई पूर्ण खोयपुक्त जिल्ला घोषणा गर्ने भएको छ ।

यही पुस २२, २३ र र २५ गते क्रमशः भोजपुर, काभ्रेपलाञ्चोक र लमजुङलाई खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए ।

खोप शाखाका अनुसार हालसम्म ८७ प्रतिशत नेपाली खोपको पहुँचमा रहेका छन् भने १७ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् । पूर्ण खोपयुक्त जिल्ला हुनेमा कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बझाङ, प्यूठान, गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, म्याग्दी, तनहुँ, मुस्ताङ, दोलखा, धनकुटा, तेह्रथुम र इलाम रहेका छन् ।

नेपालमा विभिन्न खोपका लागि वार्षिक दुई अर्बरुपैयाँ खर्च हुने गरेको छ । जन्मेदेखि एक वर्षसम्मका साढे छ लाख बालबालिकाका लागि वार्षिकरुपमा उक्त रकम खर्च हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “थप तीन जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुने

  1. Hal samm 18 district ghoshana Vai sakeka. 22 gate Bhojpur, 25 gate Kavre Ra 26 gate Lamjung hudai chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *