नेपाल चिकित्सक संघको निर्वाचन : सुरु भयो मौन अवधी

64
Shares

काठमाडौँ, ३ बैशाख । नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) को निर्वाचनका लागि मौन अवधी सुरु भएको छ । आज विहान ८ बजे देखि मौन अवधी सुरु भएको हो ।

यसअघि निर्वाचन समितिले मतदान सुरु हुनु २४ घण्टा अघि देखि मौन अवधी सुरु हुने जानकारी गराएको थियो ।

पहिलो चरणको निर्वाचन ४ र ५ बैशाखमा काठमाडौँ उपत्यका बाहिर हुँदैछ । काठमाडौँ उपत्यका भित्र भने १८ र १९ बैशाखको दिन तोकिएको छ । निर्वाचन समितिले निर्वाचनको लागि तोकिएको केन्द्रमा विहान ८ बजे देखि बेलुका ६ बजेसम्म मतदान हुने बताएको छ ।

यसपटक निर्वाचनमा डा मंगल रावलले नेतृत्व गरेको टीम मंगल, डा बद्री रिजालले नेतृत्व गरेको टीम बद्री र डा नारायण भुसालले नेतृत्व गरेको टिम रिफर्म गरी तीनवटा समूह प्रतिस्पर्धामा उत्रिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *