‘होटल याक एण्ड यति’मा हुन लागेको आईभीएफ शिविर रोक्न काउन्सिलद्धारा जिल्ला प्रशासनलाई पत्राचार

280
Shares

काठमाडौँ, २ बैशाख । बिहीबार (भोली) काठमाडौँको होटल याक एण्ड यतिमा हुन लागेको आईभीएफ सम्वन्धी परामर्श सेवा शिविर रोक्न नेपाल मेडिकल काउन्सिलले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

शिविर सञ्चालन गर्ने विदेशी संस्था र त्यसमा सहभागी हुने भनिएका भारतीय चिकित्सक डा जयदीप मलहोत्रा र नरेन्द्र मलहोत्राले काउन्सिलसंग पूर्व स्विकृति नलिई सहभागी हुन लागेको भन्दै जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

सामाजिक सञ्जालमा प्रचार गरिएको सामग्रीमा दुबै जना चिकित्सक भारतको एआरटी रेन्बो आईभीएफसंग जोडिएका विज्ञ चिकित्सकको रुपमा प्रस्तुत गरिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले काउन्सिलसंग स्वीकृति नलिई कुनै पनि विदेशी संस्था वा चिकित्सकले नेपालमा आई शिविर सञ्चालन गर्न नपाउने भन्दै पछिल्लो केशमा सोही अनुसार कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बताए ।

‘काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार नेपाल भित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक संस्थाले चिकित्सा सेवा, परामर्श, शिविर वा उपचार सम्वन्धी कार्यक्रम सञ्चालन गर्नु अघि काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति अनिवार्य हुनु पर्ने व्यवस्था छ । त्यसको उल्लंघन गरेको पाइएकोले हामीले पत्राचार गरेका हौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *