त्रिवि शिक्षण अस्पतालमा एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न

188
Shares

काठमाडौं, ३० चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ । आज विहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको हो । अहिले ओलीलाई पोष्टअप वार्डमा राखिएको छ ।

ओलीका निजी चिकित्सकको रुपमा पहिले देखि कार्यरत बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहको संयोजनमा प्राडा पलेश्वाँ जोशी लाखे नेतृत्वको टोलीले सर्जरी गरेको हो ।

नेफ्रो, कार्डियो, एनेस्थसिया लगायत सम्पूर्ण टिमले यो शल्यक्रियालाई नजिकबाट सघाउने र निगरानी गरेको छ । ल्याव कोली (सानो प्वाल पारेर गरिने शल्यक्रिया) विधिबाट उनको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायराले भने ।

यसअघि परीक्षणका क्रममा उनको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरी बहादुर कार्की नेतृत्वको छानविन समितिले रिपोर्टको आधारमा ओलीलाई गत १४ चैतमा निवासबाटै नियन्त्रणमा लिइएको थियो । उनी सोही दिन देखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *