द्वन्द्वका घाइतेको भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था

0
Shares

नेपालगन्ज, १८ पुस । सशस्त्र द्वन्द्वमा घाइते भएकाहरुको अबदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

शान्ति कोष सचिवालयको आर्थिक सहयोगमा द्वन्द्वपीडित अपाङ्ग व्यक्तिलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

सो अस्पतालका छाला रोग विशेषज्ञ डा. बद्री चापागाईंले कार्यक्रमअन्तर्गत बिरामीको उपचारका साथै निजका सहयोगीलाई यातायात खर्च, आवासको व्यवस्थासमेत गरिएको छ । मध्य तथा सुदूरपश्चिमका करिब पाँच हजार त्यस्ता पीडितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालका वीरेन्द्रबहादुर चन्दले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *