स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ती प्रकरण :

स्वास्थ्य मन्त्रायलयद्धारा बोर्डका कार्यकारी निर्देशक डा. पौडेल र सदस्य डा. सापकोटा माथि स्पष्टिकरण

264
Shares

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको नयाँ सदस्य र पछिल्लो बैठकमा उनको सहभागिताको विषयलाई लिएर सञ्चारमाध्यममा आएका कुरामा तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिनु भन्दै दुई उच्च अधिकारीसँग स्पष्टीकरण मागेको छ।

मन्त्रालयले बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयकै समन्वय महाशाखा प्रमुख समेत रहेका बोर्ड सदस्य भीमप्रसाद सापकोटालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

पत्रमा स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिसम्बन्धी अभिलेख तथा निर्णय प्रक्रियासँग जोडिएका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ती विषयमा वास्तविकता स्पष्ट पार्न दुवै अधिकारीसँग स्पष्टीकरण मागिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।

कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दाहालले हस्ताक्षर गरेको पत्रमा सम्बन्धित निर्णयमा उनीहरूको संलग्नता रहे–नरहेको, यदि रहेको भए त्यसको कारण र प्रक्रिया के थियो भन्नेबारे स्पष्ट विवरण पेश गर्न भनिएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले बीमा बोर्डको रिक्त सदस्य पदमा जुनु श्रेष्ठलाई पुर्न नियुक्ती गरेपछि यो विषय विवादमा आएको थियो । श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहकी पत्नी हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सो विषय बाहिर आएपछि मन्त्री शाहलाई पदमुक्त गरेका छन् भने स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत समेत गराइसकेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *