सातामा दुई दिन विदा : पश्चिम नेपालका दुई ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय फरक-फरक

116
Shares

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मातहतकै भए पनि पश्चिम नेपालका दुई ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनलाई फरक फरक ढंगले व्याख्या गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार जस्तै आइतबार पनि ओपिडी लगायतका सेवा बन्द हुने सूचना जारी गरेको छ ।

उसले आकस्मिक सेवा भने निरन्तरता हुने बताएको छ । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार आइतबारको ओपिडी सेवा निरन्तर चल्ने बताएको छ ।

गत साता मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पताललाई आइतबारको ओपिडी सेवा नरोक्न परिपत्र गरेको थियो ।

उसले वर्क लोड हेरि ओपीडी सञ्चालन गर्न तथा सट्टा विदा मिलाएर भए पनि सेवा सञ्चालन गर्न भनेको थियो ।

यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भने आइतबार विदा हुने भएको छ ।

उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने पहिले देखि नै सातामा दुई दिन (शनिबार र बुधबार) विदा हुने भएकोले आइतबार विदा नहुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *