आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाली हेल्थ २०८२ चैत २७ गते ११:११ 0 
मन्त्रिपरिषद्को निर्णय अनुसार गत २२ चैतकाे राजपत्रमा प्रकाशित सूचनाअनुसार भने शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ।
तर मन्त्रलयले आज सूचना जारी गर्दै उपचार सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले देशभरका स्वास्थ्य संस्थाहरूलाई आवश्यक प्रबन्ध मिलाउन भनेकाे हाे
जारी प्रेस विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र जनशक्ति हेरी आइतबारका दिन समेत बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, कर्मचारी व्यवस्थापन मिलाउँदा हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने गरी दुई दिनको बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। यदि कुनै अवस्थामा बिदा दिन सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
त्यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि सोही व्यवस्थाअनुसार सेवा सञ्चालन गर्न सातै प्रदेशका स्वास्थ्यसम्बन्धी निकायहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्वास्थ्य सेवा निरन्तर, प्रभावकारी र सर्वसुलभ बनाउन सबै निकायको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
-
क्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफल
-
नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
-
स्याङ्जाको बिरुवामा एक हजार ५७४ जनाको निशुल्क आँखा परीक्षण १२४ जनाको मोतिबिन्दु शल्यक्रिया
-
२४ कम्पनीका ४७ इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
-
चितवनमा २३४ जनामा स्क्रब टाइफस संक्रमण
-
-
सरकारसंग तीन बुँदे सहमति पछि डिल्ली हरिजनको अनसन तोडियो
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको १९ औँ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक, ४८ प्रतिशत उत्तीर्ण
-
मेडिकल शिक्षामा शुल्क र सिट संख्या बढाउन गर्न निजी मेडिकल कलेजको माग
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा मन्त्रालयले सहयोग गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेको मुख्य मुख्य ६ वटा निर्णयहरु
-









