औषधी व्यवस्था विभागका महानिर्देशक ढकाललाई स्वास्थ्य मन्त्रालय तानियो

काठमाडौँ, २६ चैत । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै विभागका महानिर्देशक ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुने गरी तानेकी छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले विभागका महानिर्देशक ढकालमाथि चलखेल गरी औषधीको मूल्य बढाएको आरोप लगाएका थिए । सोही आरोपमा प्रधानमन्त्री कार्यालयले आज विहान ढकालसंग जवाफ मागेको थियो ।
दिउसो औषधी व्यवस्था विभागले मूल्यका सन्दर्भमा विज्ञप्ती जारी गर्दै स्पष्ट पार्न खोजेको देखिएको छ ।
तर, मन्त्री मेहताले त्यसअघि नै उनलाई मन्त्रालयमा हाजिर हुने पत्र थमाउने निर्णय गरेकी हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 