पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा एमबीबीएस भर्नाका लागि दोस्रो चरणको परीक्षाको तालिका सार्वजनिक

0
Shares

काठमाडौँ, १६ पुस – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कुल अफ मेडिसिनले एमबीबीएस भर्नाको लागि प्रयोगात्मक तथा सीप मुलक परीक्षाको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको यो परीक्षामा यसपटक लिखित परीक्षामा सहभागी सबै विद्यार्थी सहभागी हुन पाउनेछन् ।

यसअघि गत २७ कात्तिकमा लिईएको लिखित परीक्षाको नतिजामा गम्भीर त्रुटि भएको भन्दै दुई पटक नतिजा प्रकाशित भएपछि विवादित बनेको थियो ।

सोही विवाद सल्टाउन स्वास्थ्य मन्त्रालयले पहिलो चरणको परीक्षामा सहभागी सबै परीक्षार्थीलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन सक्ने व्यवस्था गरेको हो । परीक्षा आगामी २० देखि २२ पुससम्म हुने बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *