उपराष्ट्रपति यादव अस्वस्थ, मनमोहनमा भर्ना

136
Shares

काठमाडौँ, २४ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएका छन् । उनलाई गएराति १० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

राति सुत्ने बेला छातीमा असहज भएपछि अस्पताल पुर्‍याइएको हो । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजी सिलवालले राती सुत्ने बेलामा उच्च रक्तचाप (प्रेसर) बढेपछि अस्पताल लगिएको बताए ।

‘राती अचानक प्रेसर बढेछ । त्यसपछि अस्पताल लगियो । मनमोहनका निर्देशक एवं बरिष्ठ कार्डियोलोजिष्ट डा रत्नमणि गजुरेल नेतृत्वको टिमले हेरिरहेको छ । अहिले अवस्था सुधारोन्मुख पनि छ,’ डा सिलवालले भने ।

राती देखि नै भर्ना भएका उपराष्ट्रपति यादवलाई अस्पतालको भीआईपी क्याविन ७०१ मा राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *