सरकारी कार्यालय तथा शिक्षण संस्थामा अब शनिबार र आइतबार सार्वजनिक विदा

524
Shares

काठमाडौं, २२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए ।

उनले अरु दिन सरकारी कार्यालयको समयावधी विहान ९ देखि अपरान्ह ५ बजेसम्म हुने र शैक्षिक संस्थाको हकमा सुरुवातको समय यथावत रहेको समेत प्रष्ट पारे ।

सरकारले यो निर्णय २३ चैत (सोमबार) भोलि देखि लागू हुने बताएको छ ।

पश्चिम एशियामा युद्ध जारी रहँदा पेट्रोलियम पदार्थ तथा ग्याँस आपूर्तिमा समस्या भएको छ । यसले हरेक क्षेत्रमा मूल्य बृद्धि तथा अत्यावश्यक औषधीहरुको आपूर्तिमा समेत कठिनाई भइरहेको छ ।

यस्तो छ आजको मन्त्रिपरिषद्को  बैठकका महत्त्वपूर्ण निर्णयहरू :
​१. वैदेशिक सहायता तथा ऋण सहायता 
​डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट: यस परियोजनाका लागि कुल ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय (एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन डलर)।
​दिगो र समावेशी वित्त परियोजना: विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
​२. प्रशासनिक तथा सांगठनिक सुधार
​संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण: नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ।
​राजीनामा स्वीकृत: राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत।
​३. इन्धन संकट र नयाँ कार्यतालिका
​हप्ताको दुई दिन बिदा: पेट्रोलियम आपूर्तिको असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय।
​कार्यालय समय: शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्म कायम गरिएको छ।
​४. यातायात र वातावरण
​विद्युतीय सवारी रूपान्तरण: डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय (EV) मा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने।
​५. शैक्षिक क्यालेन्डर
​नयाँ शैक्षिक सत्र: आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गते देखि सुरु गर्ने निर्णय।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *