नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. शंकर गौतम विजयी, नयाँ कार्यसमितिमा अरु को को ?

168
Shares

काठमाडौँ, २२ चैत । आयुर्वेदिक चिकित्सकहरुको पेशागत संगठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा शंकर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको एघारौँ राष्ट्रिय सम्मेलनले डा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेद्वारी परेको थियो । डा गौतमले १५९ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धीको रुपमा डा सुवर्ण पौडेलले ११४ मत ल्याएका थिए ।

यस्तै बरिष्ठ उपाध्यक्षमा १५५ मतका साथ डा रमेश पौडेल विजयी भएका छन् । उनका निकटतम प्रस्तिस्पर्धीको रुपमा डा निरज योगीले ९७ मत मात्रै प्राप्त गरे ।

यस्तै महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठले १९० मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धीको रुपमा आएकी डा शान्ति तिमल्सिनाले १२९ मत मात्रै प्राप्त गरिन् ।

यसैगरी संघको महासचिव पदमा डा ऋषिकेशव भुसाल १८७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धीको रुपमा डा विजेन्द्र शाहले १२३ मत मात्रै प्राप्त गरे ।

यस्तै सचिव पदमा डा दिपककुमार मण्डल १६५ मतका साथ विजयी भएका छन् । उनलाई डा विवेक गुप्ताले १२७ मतका साथ पच्छ्याएका थिए ।

कोषाध्यक्ष पदमा भने डा सिजन कोजु र डा प्रसन्न नेपालको बराबर १५३ भोट आएको थियो । तर गोलाप्रथाबाट डा कोजु विजयी भएका हुन् ।

प्रादेशिक उपाध्यक्षहरुमा कोशी प्रदेशमा डा विजयकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् । मधेश प्रदेशमा डा शिवनारायण गुप्ता विजयी भएका छन् । बागमती प्रदेशबाट डा देवेन्द्रकुमार यादव विजयी भएका छन् । गण्डकी र लुम्बिनी प्रदेशबाट क्रमश डा नगेन्द्र लामिछाने र डा कैलाश न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । यसैगरी कर्णाली प्रदेशमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिम प्रदेशमा डा हिमाल भट्ट विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा डा सदीक्षा पन्त, आदिवासी जनजाती तर्फ डा प्रशान्त श्रेष्ठ, मधेशीबाट डा सरोज राय यादव, दलित अपांग र पिछडिएको क्षेत्रबाट डा नवराज जोशी विजयी भएका छन् ।

खुल्ला सदस्य छ जनामा डा सन्तोष खनाल, डा राजन ज्ञवाली, डा योगेश ढकाल, डा सुजित कर्ण, डा प्रज्ञा पौडेल र डा केशव न्यौपाने विजयी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *