रास्वपाले फेरी भन्यो – ‘राजनीतिक नियुक्ती लिएकाहरुले मार्ग प्रसस्त गरिदिनुहोला’

काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले पुरानो सरकारको पालामा राजनीतिक नियुक्ती खाएकाहरुले स्वेच्छिक रुपमा मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा बर्तमान सरकारले नयाँ नीति कानून र मापदण्डका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ती लागू गर्न चाहेको भन्दै पहिले नियुक्ती खाएकाहरुलाई मार्गप्रसस्त गर्न आग्रह गरेका हुन् ।
सम्वोधनका क्रममा सभापति लामिछानेले भने, ‘यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो । हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिबाट नियुक्ती लिएकाहरुले स्वेच्छिक रुपमा राजिनामा दिदै विधिको पालना गर्नमा सहयोग गरिदिनुहुन म अपिल गर्न चाहन्छु । सरकार नयाँ नीति कानून मापदण्डका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ती लागू गर्न चाहन्छ । हिजो नियुक्ती लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरुले स्वेछाले मार्ग प्रसस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छ ।’
यस अघि नै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झाले पनि विगतमा राजनीतिक नियुक्ती खाएकाहरुलाई मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए ।
हुन पनि देशभर १ हजार २०० बढी पदमा यस्ता नियुक्तीहरु हुने गरेका छन् । स्वास्थ्यमा मात्रै पनि दर्जनौँ निकायमा यस्ता नियुक्तीहरु भएको पाइएको छ ।
कतिपय नियुक्तीहरु राजनीतिक आस्थाको आधारमा मात्रै देखिएको छ भने कतिपय नियुक्तीमा स्वच्छ छवि र काम गर्ने आँट भएका व्यक्तिहरु पनि रहेका छन् ।
एक प्रसंगमा सभापति लामिछानेले आवश्यक पर्दा बोलेर वा नबोलेर कामको रफ्तारमा अघि बढी सकेको भन्दै यो गतिमा कमचारी तन्त्रले पनि गति मिलाउनुको विकल्प नभएको बताए । उनले हामी आफ्ना मात्रै नभई जायज कुराहरु विपक्षीका दलका चुनावी प्रतिवद्धतालाई पनि स्वामित्वको रुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 