मिर्गौला बेचबिखन गर्ने तीन पक्राउ

0
Shares

काठमाडौँ, १४ पुस –  महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन् ।

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गौला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताए। उनले भने, “हालसम्म पाँच जनाको मिर्गौला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको छ ।”

उनले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *