मिर्गौला बेचबिखन गर्ने तीन पक्राउ
काठमाडौँ, १४ पुस – महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महाशाखाले आज पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन् ।

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गौला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताए। उनले भने, “हालसम्म पाँच जनाको मिर्गौला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको छ ।”
उनले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताए । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

