जुन घरमा प्रधानमन्त्री बालेन्द्र शाहको बाल्यकाल बित्यो ….

232
Shares

काठमाडौँ, १८ चैत । यो माथि तस्विरमा देखिएको पुरानो, भत्किनै लागेको पहेलो घर । एक हिसावले सबैको उपेक्षामा परेको घर । तर यहि घर यतिवेला ऐतिहासिक घर बनेको छ । हो प्रधानमन्त्री बालेन्द्र शाहको बाल्यकाल बितेको घर ।

आयुर्वेद चिकित्सालय नरदेवी परिसरमा रहेको यो पहेलो घरमा त्यसबेलाका प्रमुख स्व डा. रामनारायण शाह र उनकी श्रीमती ध्रुवादेवी शाह बस्दथे ।

विसं २०४७ साल बैशाख १४ गते जन्मेका बालेन्द्रको हुर्काई बढाई तथा समग्रतामा बाल्यकाल यहि घरमा बित्यो । उनका बुबा डा रामनारायण आयुर्वेदका चिकित्सक थिए । उनी आयुर्वेद चिकित्सालय नरदेवीका प्रमुख समेत बने ।

सरकारी चिकित्सकहरुलाई क्वाटरको रुपमा प्रयोग गर्न बनाइएको यो घरमा त्यसबेला उनीहरु बस्दथे ।

विसं २०७२ सालको भुकम्पबाट मक्किएको घर, त्यसपछि पनि राम्ररी स्याहार पाउन सकेको छैन । प्रधानमन्त्री शाहले आफ्नो बाल्यकाल बिताएको चिकित्सालय त्यस ठाउँको बारेमा बेलाबखत भन्दै पनि आएका छन् ।

के अव यो घरले स्याहार पाउला ? चिकित्सालय भित्र बेवारिसे अवस्थामा रहेको यो घरका विषयमा सरकारले के गर्ला ? थाहा पाउन केही समय पर्खिनु पर्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *