भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदमा डा. विश्ववन्धु बगाले नियुक्त

336
Shares

काठमाडौँ १८ चैत । सरकारले भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदमा डा विश्व बन्धु बगालेलाई पठाउने निर्णय गरेको छ ।

एघारौँ तहका बालरोग विशेषज्ञ डा बगाले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए । मन्त्रालय आउनु अघि डा बगाले गण्डकी प्रदेशको स्वास्थ्य सचिव थिए ।

स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई भरतपुर पठाउने निर्णय गरेकी हुन् ।

‘भरतपुर अस्पतालको प्रमेसु एघारौँ तहको पद हो । त्यहाँ दशौँ तहका डा कृष्णप्रसाद पौडेलले निमित्त प्रमेसुको रुपमा काम गर्दै आएका थिए । हामीसंग एघारौँ तहका चिकित्सक हुनुहुन्छ । उहाँलाई त्यहाँ व्यवस्थापन गरियो । दशौँ तहका यसअघि निमित्त मेसु रहेका चिकित्सक आफ्नै दरबन्दीमा रहेर काम गर्नु हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *