स्वास्थ्य सेवाका छ जना चिकित्सक एघारौँ तहमा बढुवा

3.6k
Shares

काठमाडौँ, १७ चैत । स्वास्थ्य सेवाका छ जना चिकित्सकहरु एघारौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले लिएको लिखित परीक्षा तथा अन्तर्वार्ताबाट विभिन्न उपसमूहका छ जना चिकित्सक एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका हुन् ।

आयोगका अनुसार नेपाल स्वास्थ्य सेवा, अब्स्टे्रेटिक्स तथा गाइनोकोलोजी समूहबाट डा कीर्तिपाल सुवेदी कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पद एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै मेडिसिन समूह, मेडिकल अंकोलोजी समूहबाट डा रमिला शिल्पाकार प्रमुख कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस भएकी छन् ।

यस्तै जहेस समूहबाट डा नविन दर्नाल प्रमुख मेडिकल सुपरीटेडेन्ट पदका लागि बढुवा सिफारिस भएका छन् ।

यसैगरी सर्जरी समूहबाट कार्डियोथोरासिक सर्जरी उपसमूहबाट डा प्रसिद्धबिक्रम कँडेल प्रमुख कन्सलटेन्ट कार्डियोथोरासिक सर्जन एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै सर्जरी समूहबाट जनरल सर्जरी उपसमूहबाट डा उदिता मिश्रा प्रमुख कन्सलटेन्ट सर्जन पद एघारौँ तहमा बढुवा भएकी छन् ।

यसैगरी अटोरिनोल्यारिगोलोजी समूह एघारौँ तह प्रमुख कन्सलटेन्ट इएनटी सर्जन पदमा डा रमेश भण्डारी बढुवा भएको आयोगले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *