पाँच दिन म्याद थपेपछि अदालतले भन्यो ‘ओलीको उपचारमा प्रभावकारी व्यवस्था मिलाउनु’

काठमाडौँ, १५ चैत । जिल्ला अदालत काठमाडौंले गत २३ र २४ भदौको घटनाको विषयमा थप अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न भनेको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँचदिन म्याद थपको अनुमति दिँदै उक्त आदेश दिएको हो । आदेशमा उल्लेख छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ ।’
स्वास्थ्य अवस्था बिग्रिएपछि ओली हिजो देखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उने आज बिरामी भएको भन्दै अदालतमा ‘भर्चुअल’ रूपमा उपस्थिति जनाएका थिए । ओलीलाई शनिबार (चैत १४) विहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
हिरासतमा राख्नु अघि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई चिकित्सकहरुले भर्ना गरी राखेका छन् । अस्पतालले आज उनको स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै मुटुको चालमा गडबडी, पित्त थैलीमा पत्थरी, सुगर लगायतका ६ बढी स्वास्थ्य समस्या भएको बताएको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 