पूर्व मन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ, १५ चैत । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार खड्कालाई पक्राउ गरेको हो।

ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पुष्टि गरे।

भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए।

उनको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला भाइरल भएको थियो।

त्यसबारे समेत अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको एआइजी केसीले जानकारी दिए।

त्यसो त पूर्व मन्त्री खड्का लैनचौरस्थित नेपाल स्काउटको जग्गा लिज आर्थिक हिनामिना प्रकरणमा समेत मुछिएका पात्र हुन् । उनीमाथि सो विषयमा पनि छानबिन चलिरहेको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *