सुशान्तको उपचारका लागि तीन लाख सहयोग
इलाम, १० पुस – मुटु र शरीर सुन्निएर अस्पतालको शैय्यामा छटपटाइरहेका इलाम गोलाखर्कका १० वर्षीय सुशान्त तामाङलाई कोरियामा बस्ने नेपालीले तीन लाख रूपैयाँ सहयोग गरेका छन् ।
इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत सुशान्तकी आमा याममायालाई उक्त सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए ।
समाजले यसअघि ताप्लेजुङका आगलागी पीडित र दोलखाका भूकम्पपीडितलाई समेत करिब रु तीन लाख बराबरको राहत वितरण गरिसकेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



