स्वाथ्य शिविरमा एक हजार दुई सयले सेवा लिए

44
Shares

भीमदत्तनगर, १० पुस –  रोटरी क्लब अफ धनगढीले शनिबार कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित मझँगाउँमा आयोजना गरेको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले सेवा लिएका छन् ।

नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकको व्यवस्थापन भएको स्वास्थ्य शिविरमा जिल्लाभरबाट महिला, वृद्धवृद्धा, बालबालिका गरी एक हजार दुई सयभन्दा बढीले सेवा लिएको आयोजकले जनाएको छ । १५ विशेषज्ञ चिकित्सक र चारजना मेडिकल अफिसर खटिएको उक्त शिविरमा नाक, कान, घाँटी, स्त्रीरोग, बालरोग, महिला तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिइएको नेपाली सेनाको सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी जयराम थापाले जानकारी दिए ।

नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम शाखा, नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखा, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, कञ्चनपुर निर्माण व्यवसायी सङ्घ, बस समिति लगायतका स्थानीय सङ्घसंस्थाले पनि शिविर आयोजना गर्न सहयोग पु¥याएका थिए ।

स्वास्थ्य परीक्षणमा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.गणेशबहादुर सिंह, डा. खगेन्द्रप्रसाद भट्ट, डा. हेमराज पाण्डेय, प्रतीक्षा सिंह राठौर लगायतको चिकित्सवको टोली खटिएको थियो । शिविरमा निःशुल्क औषधिका साथै ल्याब परीक्षणसमेत गरिएको थियो । रोटरी क्लब अफ धनगढीले यसअघि पनि कैलालीका दुईवटा स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *