डिन कार्यालयको तालाबन्दी खुलाउन पहल

0
Shares

काठमाडौँ, ७ पुस –  शिक्षामन्त्री धनिराम पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन कार्यालयमा जारी तालाबन्दी खुलाउन पहल गरेका छन् ।

चिकित्सक डा. गोविन्द केसीको मागपछि वरिष्ठताका आधारमा नवनियुक्त डिन जगदीश अग्रवालको राजीनामाको माग गर्दै असन्तुष्टको समूहले तालाबन्दी जारी राखेको छ ।

मन्त्री पौडेलले आइओएमका डिन अग्रवाललाई बुधबार राति आफ्नो निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालाबन्दी खोल्ने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् । उनले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताए।

डा. सुरेश उप्रेती संयोजकत्वको सङ्घर्ष समितिले डिन अग्रवालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *