विप्लव समूहको अखिल क्रान्तिकारीद्धारा मेडिकल काउन्सिलमा तालावन्दी

0
Shares

काठमाडौँ, ३० मंसिर – नेकपा माओवादी विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ । दिउसो १ बजे तिर आएका चार पाँच जनाले कर्मचारीलाई बाहिर निकाली तालबान्दी गरेका हुन् ।

उनीहरुले बाहिरको मुख्य गेट र भित्रको गेटमा गरी दुई ठाँउमा तालाबन्दी गरेको काउन्सिल रजिष्ट्रार डा दिलीप शर्माले बताए । ‘म बाहिर थिएँ, दिउसो विप्लब समूहको विद्यार्थी संगठनबाट आएर कर्मचारी बाहिर निकाली तालबन्दी गर्ने काम भएछ’ डा. शर्माले भने ।

मेडिकल कलेजहरुले मनपरी शुल्क लिइरहँदासम्म काउन्सिल चुप लागेर बसेको भन्दै तालाबन्दी गरेको बताइएको छ । डा शर्माले बार्ताबाट समस्याको समाधान निस्कने विश्वास व्यक्त गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *