साढे तीन लाख आँखा रोगीको एक बर्षमै शल्यक्रिया !

500
Shares

 

काठमाडौँ, २९ मंसिर – नेपाल नेत्रज्योति सङ्घले गत वर्ष करिब तीन लाख ५० हजार आँखा रोगीलाई शल्यक्रिया गरी उपचार सेवा पुऱ्याएको  छ ।

सङ्घले देशका विभिन्न स्थानमा ७४ उपचार केन्द्र तथा १७ वटा अस्पताल स्थापना गरिसकेको छ । सोही केन्द्र, अस्पताल तथा विभिन्न जिल्लाका दुर्गम स्थानमा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा पुऱ्याएको  हो ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेका कतिपय स्थानमा निःशुल्क तथा केही स्थानमा शुल्क लिएर सङ्घले सेवा उपलब्ध गराएको छ । एक वर्षमा करिब एक लाखलाई निःशुल्क शल्यक्रिया गरिएको छ ।

शिविर तथा उपचार केन्द्रमा सामान्य शल्यक्रिया गरिए पनि अस्पतालमा भने ठूला रोगको सफलतापूर्वक शल्यक्रिया भएको सङ्घका कार्यकारी निर्देशक शैलेश मिश्रले जानकारी दिए।

सङ्घले स्थापना गरेको अस्पतालमा विभिन्न शिक्षण अस्पतालमा आँखाको अध्ययन गरेका चिकित्सकले अभ्याससमेत गर्ने गरेको निर्देशक मिश्रले बताए।

सन् २०२० सम्म देशका विभिन्न स्थानमा ६२ वटा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सङ्घले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *