कास्कीको रिभान गाविस बन्यो पूर्णखोप सुनिश्चित गाविस

164
Shares

 

पोखरा २७ मंसिर – कास्कीको रिभान गाविस पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएको छ । यो संगै हालसम्म कास्कीका २९ वटा गाविस पूर्ण खोप सुनिश्चित गाविस भैसकेका छन् ।

सोमबार आयोजित कार्यक्रममा रिभान गाविसलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र दिइएको हो । सो कार्यक्रममा सांसद सीता गिरी ओली, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाई, विश्व स्वास्थ्य संगठनका डा उषा किरण, पूर्व जिविस सदस्य गोपाल गिरी लगायतका उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा राजनीतिक दलका तर्फबाट स्थानीय नेताहरुको उपस्थिति थियो । गाविस सचिव एकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुले पूर्ण खोपको महत्वबारे प्रकाश पारेक थिए ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख विवेक कुमार चौधरीले पूर्णखोपको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरु र पूर्णखोप सुनिश्चित गा.वि.स. बनाउनमा योगदान पुरयाउने स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *