स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल पुर्याइएका डा. निकोलसद्धारा अनसनलाई निरन्तरता

काठमाडौँ, १७ पुस । पाँच बुँदे माग अघि सार्दै १० दिन अघि माइतीघरमा आमरण अनसन सुरु गरेका डा निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार वीर अस्पताल लगिएको छ । तर उनले आफ्नो अनसन त्यहाँ पनि जारी राखेको बताएका छन् ।
वीर अस्पतालको सर्जिकल व्लकको ३१० नम्बर क्याविनमा राखिएका उनलाई अहिले स्लाइन पानी मात्रै दिइएको छ ।
‘अवस्था त अहिले स्थित नै छ । उहाँले अनसनलाई निरन्तरता दिइएको भन्नु भएको छ । हामीले स्लाइन पानी मात्रै दिएका छौँ,’ वीर अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले भने ।
डा. भुसाल भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनलगायत पाँच बुँदे माग अघि सार्दै अनसनमा बसेका हुन्। माग पूरा नभएसम्म अनसन नतोड्ने अडान उनले दोहोर्याउँदै आएका छन्।
नेपाल चिकित्सक संघले डा भुसालको मागका विषयमा तत्काल बार्ता समिति गठन गरी उनको मागका विषयमा निर्णय लिन सरकारलाई आग्रह गरेको छ । उसले डा भुसालको स्वास्थ्य अवस्था एकदमै जटिल अवस्थामा पुगेको भन्दै तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको हो ।
यसैबीच वीर पर्याइएका डा भुसालको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री ओमप्रकास अर्याल बुधबार बेलुका अस्पताल पुगेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ