नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी, सदस्य पदमा यी आठ जनाले बाजी मारे

436
Shares

काठमाडौँ, १५ पुस । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पा विजयी भएका छन् ।

उनले उपाध्यक्ष पदका आफ्ना प्रस्तिस्पर्थी डा गुरुशरण साहलाई ८८४ मतले पराजित गर्दै उपाध्यक्ष पदमा बिजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार डा शेर्पाको पक्षमा ५२३४ मत परेको थियो भने उनका निकटतम प्रतिस्पर्धी डा साहले ४३५० मात्रै प्राप्त गरे । नव निर्वाचित डा शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवार डा अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।

यस्तै आठ जना सदस्य पदका लागि ३३ जना उम्मेद्धार भएका मध्ये डा छविलाल पन्थीले ४८५७ मत सहित विजयी भएका छन् । दोस्रो स्थानमा डा सारिका गोइत ४४७९ मतका साथ विजयी भएकी छन् । निर्वाचनबाट डा दीपेन्द्र पाण्डे ४०१५ मतका साथ साथ विजयी भएका छन् ।

यसैगरी डा युविनकुमार यादव ३६२८ मतका साथ विजयी भएका छन् । डा अस्मिता पोखरेल ३४०४ मतका साथ विजयी भएकी छन् । यस्तै डा सम्राट पराजुली ३२८२ मतका साथ विजयी भएका छन् । डा निना राई ३१११ मतका साथ विजयी भएकी छन् । यसैगरी डा रविन बस्नेत ३०७२ मतका साथ विजयी भएका छन् ।

यस निर्वाचनका लागि काउन्सिलले काठमाडौँ उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको थियो । उपत्यका बाहिरका १८ वटा केन्द्रमा ४ देखि ६ पुससम्म र उपयत्यका भित्र गत ११ र १२ पुसमा निर्वाचन भएको थियो ।

प्रमुख निर्वाचन अधिकारी प्राडा रविन्द्रमान श्रेष्ठले निर्वाचन र मतगणना कार्य शान्तिपूर्ण र सहज ढंगबाट सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *