११ हजार मतको परिणाम सार्वजनिक: उपाध्यक्ष पदमा डा. शेर्पाले अग्रतालाई फराकिलो पार्दै, सदस्यमा डा. छवि सबैभन्दा अघि

काठमाडौँ, १५ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत अस्ति देखि जारी मत गणनामा हालसम्म ११ हजार मत गणना भईसकेको छ ।
काउन्सिल निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पाले अग्रता बढाएका छन् ।
उनको अहिलेसम्म ४ हजार ७६० मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साह ४ हजार ९६ मतका साथ दोस्रो स्थानमा छन् ।
सदस्यहरु तर्फ डा. छविलाल पन्थी सबैभन्दा बढी मतका साथ डा छविलाल पन्थी अग्रस्थानमा छन् । उनले ४ हजार ५२१ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेकी डा सारिका गोइतले ४ हजार २१५ मत प्राप्त गरेकी छन् ।
तेस्रो स्थानमा डा दीपेन्द्र पाण्डेले ३ हजार ६०५ मत प्राप्त गर्दा चौथो स्थानमा डा युविनकुमार यादवले ३ हजार ३७२ मत प्राप्त गरेका छन् ।
पाँचौँ स्थानमा डा अस्मिता पोखरेल आएकी छन् । उनले ३ हजार ८९ मत प्राप्त गर्दा उनको पछि पछि छैटौँ स्थानमा डा सम्राट पराजुली ३ हजार ६८ मतका साथ रहेका छन् ।
सातौ स्थानमा डा रविन बस्नेत २ हजार ८३१ मतका साथ रहेका छन् । आठौँ स्थानमा डा नीना राईले २ हजार ८१४ मतका साथ प्रवेश गरेकी छन् । डा नीना भन्दा एक मत कम अर्थात २ हजार ८१३ मत ल्याएर यतिखेर डा कुम्भराज जोशी नवौँ स्थानमा रहेका छन् । डा घनश्याम पाण्डे २ हजार ७८३ मतका साथ दशौँ स्थानमा छन् ।
निर्वाचन समितिका अनुसार कुल ११ हजार ९३१ मत खसेको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


