मिर्गौलापीडितको उपचारका लागि कोरिया बस्ने नेपालीको सहयोग

0
Shares

म्याग्दी, २७ मंसिर । मिर्गौला रोगबाट ग्रसित म्याग्दीको विम गाविस–९ का ३३ वर्षीय कुमार पुनको उपचारका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना, कोरिया) ले तीन लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।

(मोना)आइसीका सहकोषाध्यक्ष ओमनारायण जुग्जालीको संयोजनमा सङ्कलन भएको सो रकम मिर्गौला पीडित पुनलाई संयोजनकर्ता जुग्जालीले शनिबार हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका पुनको उपचारमा कुनै कमी हुन नदिन विमबाट विश्वभर रहेका विमवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

अभियानकै क्रममा मोना आइसी (कोरिया)का सह–कोषाध्यक्ष जुग्जालीसहितको टोली सामाजिक सञ्जाल फेसबुकबाट कुमार बचाऊँ अभियान सञ्चालन गरेका थिए । सो अभियानबाट ३६ लाख ३६ हजार कोरियन ओन अर्थान नेपाली रु तीन लाख ७० हजार सङ्कलन भएको जुग्जालीले बताए ।

सहयोग रकम बु्झ्दै मिर्गौलापीडित पुनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थामा स्वदेश तथा विदेशमा रहेका विमवासीका साथै नेपालीले गरेको सहयोगबाट आफूले पुर्नजन्म पाएको अनुभूति भएको बताए ।

त्यसो त विरामीको पुनका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत अभियान सञ्चालन गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *