नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ६८०० गणना हुँदा कसको भोट कति ?
काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत हिजो देखि जारी मत गणनामा ६८०० मतको परिणाम प्राप्त भएको छ ।
निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ६८०० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
उपाध्यक्ष पदमा डा. गुरुशरण साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। उनले अहिलेसम्म २९०२ भोट पाएका छन् ।
उनलाई पच्छ्याउँदै आएका उपाध्यक्षका अर्का उम्मेद्धार डा. कुञ्जाङ शेर्पाले २५७९ मत प्राप्त गरेका छन् ।
सदस्य तर्फ कसको मत कति ?
१. डा. सारिका गोइत – २९९६
२. डा. छविलाल पन्थी – २९०७
३. डा. युविनकुमार यादव – २४४६
४. डा. सम्राट पराजुली – २२०४
५. डा. दीपेन्द्र पाण्डे – २१९४
६. डा. रविन बस्नेत – १७७२
७. डा. कुम्भराज जोशी – १७४५
८. डा. सरोजकुमार साह – १७४३
९. डा. उज्वल ठाकुर – १७४०
१०. डा. अस्मिता पोखरेल – १७०६
११. डा. घनश्याम पाण्डे- १६९०
१२. डा. नीना राई – १५४६
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


