नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : ५२०० मत गणना हुँदा कसको भोट कति ?

292
Shares

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म ५२०० मतगणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह २२६३ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले १९६० मतका साथ पच्छ्याएका छन् ।

उपाध्यक्ष पदमा डा साह र डा शेर्पाबीचको मतान्तर अहिले ३०३ भोटको छ । ४८०० मत गणना हुँदा मतान्तर ३७० भोटको थियो । डा शेर्पाले पछिल्लो ४०० मत गणना हुँदा मतान्तर घटाएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा. सारिका गोइत २३०९ मतका साथ अग्रस्थानमा छिन् ।

दोस्रो स्थानमा २२५३ मतका साथ डा. छविलाल पन्थी रहेका छन् ।

यसपटक डा पन्थीले डा गोइतसंगको मतान्तरको दुरी कम गरेका छन् । ४८०० गणना हुँदा यी दुई बीचको मतान्तर ११६ भोटको थियो । अहिले ५२०० मत गणना सकिदा मतान्तर ५६ भोटको छ ।

डा. युविन कुमार यादव १९१४ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

डा. दिपेन्द्र पाण्डे १७०४ मतका साथ चौथो स्थानमा छन् ।

डा. सम्राट पराजुली १६७५ मतका साथ पाँचौ स्थानमा आएका छन् ।

डा. रबिन बस्नेत १४०९ मतका साथ छैटौँ स्थानमा छन् ।

डा. सरोजकुमार साह १३६८ मतका साथ सातौँ स्थानमा छन् ।

यसैगरी १३४९ मतका साथ डा. उज्वल ठाकुर आठौँ स्थानमा रहेका छन् ।

यस्तै नवौँ स्थानमा १३४४ मतका साथ डा. घनश्याम पाण्डे छन् ।

दशौँ स्थानमा १३३७ मतका साथ डा. कुम्भराज जोशी आएका छन् ।

१३३३ मतका साथ डा. अस्मिता पोखरेल एघारौँ स्थानमा छन् ।

बाह्रौं स्थानमा डा. निना राई ११११ मतका साथ आएकी छन् ।

तेह्रौ स्थानमा डा. सरोजकुमार गोहियार १०९७ मतका साथ आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *