नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : ४००० मत गणना हुँदा कसको भोट कति ?

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ४००० मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा डा. गुरुशरण साह १९०९ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. कुञ्जाङ शेर्पाले १४३१ मतका साथ पच्छ्याएका छन् ।
आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइत १८०३ मतका साथ अग्रस्थानमा छिन् ।
दोस्रो स्थानमा १७१० मतका साथ डा छविलाल पन्थी रहेका छन् ।
डा युविन कुमार यादव १६०९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
डा दिपेन्द्र पाण्डे १३०२ मतका साथ चौथो स्थानमा छन् ।
डा सम्राट पराजुली १२१८ मतका साथ पाँचौ स्थानमा आएका छन् ।
डा सरोजकुमार साह ११६७ मतका साथ छैटौँ स्थानमा छन् ।
यसैगरी १११५ मतका साथ डा उज्वल ठाकुर सातौँ स्थानमा रहेका छन् ।
डा. रबिन बस्नेत १०८८ मतका साथ आठौँ स्थानमा छन् ।
यस्तै नवौँ स्थानमा १०७४ मतका साथ डा घनश्याम पाण्डे छन् ।
दशौँ स्थानमा १०५४ मतका साथ डा अस्मिता पोखरेल आएकी छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

