नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : १६०० गणना हुँदा कसको भोट कति ?

यस्तो छ निर्वाचनमा उठेका सबै ३६ जना उम्मेद्धारको मत परिणाम विवरण
188
Shares
मतगणना हुँदै

काठमाडौँ, १३ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।

निर्वाचन समितिका प्रमुख प्राडा रविन्द्रमान श्रेष्ठका अनुसार अहिलेसम्म १६०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह ७९९ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले ५४७ मतका साथ पच्छ्याएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइत ७८५ मतका साथ अग्रस्थानमा छिन् । यसपटक दोस्रो स्थानमा ६६४ मतका साथ डा छविला पन्थी उक्लिएका छन् ।

यसअघि दोस्रोमा रहेका डा युविन कुमार यादव अहिले ६६१ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

यसअघि पाँचौँमा रहेका डा दिपेन्द्र पाण्डे ५१४ मतका साथ चौथो स्थानमा उक्लिएका छन् ।

यसअघि चौथो स्थानमा रहेका डा सरोजकुमार साह ४९० मतका साथ पाँचौँ स्थानमा रहेका छन् ।

यसैगरी ४५४ मतका साथ डा सम्राट पराजुली छैटौ स्थानमा उक्लिएका छन् ।

४५० मतका साथ डा उज्वल ठाकुर सातौँ स्थानमा रहेका छन् ।

यस्तै आठौँ स्थानमा ४३६ मतका साथ डा घनश्याम पाण्डे आएका छन् ।

यसअघि आठौँ स्थानमा रहेका डा रबिन बस्नेत ४२५ मतका साथ नवौँ स्थानमा छन् । यस्तै ४०६ मतका साथ डा कुम्भराज जोशीले दशौँ स्थानमा आएका छन् ।

यसैगरी एघारौँ स्थानमा ३९९ मतका साथ डा अस्मिता पोखरेल रहेकी छन् । बाह्रौ स्थानमा भने ३७४ मतका साथ डा सरोजकुमार गोहियार रहेका छन् ।

१६०० मतगणना हुँदा अरु क कसको कति मत आयो ?

उपाध्यक्षका उम्मेद्धार डा अजयसिंह थापा – १७०

सदस्य पदका उम्मेद्धारहरु
डा अरुण कुमार यादव १३६, डा विजयबिक्रम बम १४०, डा बुद्धिमान तामाङ १५५, डा बुद्धिप्रसाद भण्डारी १५८ मत, डा बुद्धिनाथ शाह २२२, डा ध्रुबनारायण साह, २८२ मत आएको छ ।

यस्तै डा दिक्षान्त आचार्य १९२, डा दिनेश दर्नाल ६४, डा दिनेशकुमार विक १९६, डा दिपेश पौडेल २२५, डा हरिप्रसाद रिजाल ९३, डा कुन्दनशेखर शर्माले ११७ मत प्राप्त गरेका छन् ।

यस्तै डा निना राई २७५, डा निशान भुर्त्याल २०८, डा प्राची भगत ३१९, डा प्रकाश सिंह ८४, डा प्रमोदकुमार साह १४५, डा प्रतापकुमार रोय २१४ मत आएको छ ।

यसैगरी डा राम थापा क्षेत्रीले २२४, डा सरस्वती भट्टराई १८९ र उत्तम कुमार गौतमको १२० मत आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *