नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्ष पदमा दीपकराज भट्ट निर्वाचित, महासचिव बने लामिछाने

124
Shares

काठमाडौँ, ११ पुस । नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्ष पदमा दीपकराज भट्ट निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट भट्टको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

त्यसरी निर्वाचित हुनेहरुमा बरिष्ठ उपाध्यक्ष पदमा विश्वबन्दु विनयी, उपाध्यक्षहरुमा मिना श्रेष्ठ, बसन्तकुमार आचार्य, हरिहर तिवारी, रमेश दशौदी, हर्कबहादुर खड्का, मुरारी आचार्य, शारदाकुमारी अर्याल, केदारनाथ शाह, कमलनारायण चौधरी छन् । संघको महासचिव पदमा विष्णु लामिछाने निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष पदमा सुरेश दवाडी निर्वाचित भएको नव निर्वाचित सचिव मदन पोखरेलले जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित छ । त्यसैले बिहीबारको अधिवेशनमा प्रमुख अतिथिको रुपमा कांग्रेस केन्द्रीय सदस्य भरत शाह प्रमुख अतिथि बनेर आएका थिए । यस्तै कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण, सहित महाधिवेशन र ट्रेड युनियन कांग्रेसका पदाधिकारी, पार्टीका महासमिति सदस्यहरु, संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

त्यसो त संघको नयाँ कार्यसमिति निर्विरोध भए अधिवेशन विवादरहित भने बन्न सकेको छैन । केही दिन अघि मात्रै संघको कार्यवहाक अध्यक्ष रमिला चौलागाईँले यो अधिवेशनका विषयमा आफ्नो असमति प्रकट गरेकी थिईन । यस्तै पूर्व सचिव दीपक मुडभरीले पनि यसको औचित्य नभएको बताएका छन् ।

तर बहुसंख्यक पदाधिकारी तथा सदस्यहरु यस अधिवेशसनको पक्षमा रहेको भन्दै निर्वाचित टोलीले कुनै विवाद गर्नु पर्ने अवस्था नरहेको बताएको छ ।

नव निर्वाचित अध्यक्ष भट्टले संघमा पारदर्शिता, अनुशासन र पेशागत हकहितका लागि सांगठनिक सहकार्य, समन्वय गर्दै वकालत गर्ने प्रतिवद्धता जनाएका छन् ।

हेर्नुहोस् बिहीबार सम्पन्न अधिवेशनबाट निर्वाचित ८१ सदस्यीय नयाँ कार्य समिति :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *