निर्वाचन समितिद्धारा एक दिन ढिला गरी उम्मेद्धारको नाम प्रकाशित तर आएन डा. अरुणको नाम

164
Shares

काठमाडौँ, ९ पुस । नेपाल चिकित्सक संघको निर्वाचन समितिले डा. अरुण शाहीको उम्मेद्धारी खारेजीलाई निरन्तरता दिएको छ ।

पूर्व निर्धारित मिति भन्दा एक दिन ढिला गरी समितिले आज साँझ उम्मेद्धारहरुको अन्तिम नामावली प्रकाशित गर्दा उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदमा उम्मेद्धारी दिएका डा. शाहीको नाम छुटाएको छ ।

समितिले चार दिन अघि डा शाहीले वारेसनामा मार्फत दिएको उम्मेद्धारी नमिलेको भन्दै उम्मेद्धारी रद्ध भएको जनाएको थियो ।

तर, मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेद्धार डा अरुण शाहीको उम्मेद्धारी कायम गर्न निर्वाचन समितिलाई आदेश जारी गरेको थियो ।

डा. अरुण शाहीको उम्मेद्धारी कायम गर्न एनएमए निर्वाचन समितिलाई जिप्रकाको आदेश

नेपाल चिकित्सक संघ : यी हुन् संघको विभिन्न पदमा उम्मेद्धारी दिएका चिकित्सकहरु

आफ्नो उम्मेद्धवारी खारेज गर्ने निर्णयमा पुनर्बिचार गर्न डा. अरुण शाहीद्धारा समिति समक्ष निवेदन, संगसंगै उठाए तीन प्रश्न ?

उपाध्यक्षका उम्मेद्धार डा. अरुण शाहीको उम्मेद्धारी रद्ध, विवादमा पर्‍यो निर्वाचन समिति

जिप्रकाले निर्वाचन सम्वन्धी नियमावलीविरुद्ध गएर समितिले डा. शाहीको उम्मेद्धारी खारेजी गरेको भन्दै निर्णय सच्याउन भनेको थियो । तर, आज निर्वाचन समिति संयोजक डा प्रणयरत्न शाक्यद्धारा हस्ताक्षरित सूचनामा जिप्रकाबाट प्राप्त पत्र तथा नियमावलीको अध्ययन गरी पूर्व प्रकाशित सूचना बमोजिम रितपूर्वक उम्मेद्धारी दिएकाहरुलाई निर्वाचन प्रक्रियामा समावेश गरिएको उल्लेख छ ।

जिप्रकाको पत्र पछि पनि समितिले निर्णय परिवर्तन नगरेपछि डा. शाहीलेको टिम थप कानूनी परामर्श तथा आन्तरिक छलफलमा जुटेको छ ।

यस्तो छ उम्मेद्धारको अन्तिम नामावली भन्दै आज प्रकाशित सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *