अस्पताल सुधार गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

0
Shares

काठमाडौँ, २४ मंसिर – स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

आज भक्तपुर अस्पतालको निरीक्षणमा पुगेका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार गर्न निर्देशन दिए ।

मन्त्री थापाले अस्पताललाई सेवा विस्तार गर्न, अस्पतालको सेवामा सुधार गर्न आवश्यक प्रविधि ल्याउन र जडान गर्नलगायत अत्यावश्यक कार्यका लागि मन्त्रालयले सहयोग गर्ने बताए।

उनले अस्पताल व्यवस्थापन समितिका नयाँ अध्यक्ष तीन दिनभित्र पठाएर यस अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न आफू तयार रहेकाले त्यहीअनुसार लाग्न उनले निर्देशन दिए । रासस

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *