चिकित्सक संघको निर्वाचन : यी हुन् टिम बद्रीबाट उम्मेद्धारी दिने चिकित्सकहरु

520
Shares

काठमाडौँ, २ पुस । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वमा अर्को समूह पनि चुनावी मैदानमा होमिएको छ ।

रिजाल नेतृत्वको टिमले आजै संघको कार्यालयमा पुगेर निर्वाचन समिति समक्ष आफ्नो उम्मेद्धारी दर्ता गराएको हो ।

त्यसरी डा रिजाल समूहबाट उम्मेद्धार  बन्ने समूहबाट उम्मेद्धारी दर्ता गर्नेहरुमा अध्यक्ष पदमा डा बद्री रिजाल बरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारी रहेका छन् ।

यस्तै उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई रहेका छन् । यस्तै लुम्बिनीबाट डा दिनेश चौधरी, गण्डकीबाट डा नवराज लम्डारी, कर्णालीबाट डा सोभित, सुदूरपश्चिमबाट डा प्रमोद जोशी रहेका छन् ।

यस्तै सो समूहबाट महासचिव पदमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिह मल्लको उम्मेद्धारी परेको छ ।

सदस्यहरुमा डा पर्शुराम घिमिरे, डा राकेश साह, डा सुमेध मिश्र, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी र डा सुस्मित काफ्ले रहेका छन् ।

यस अघि डा मंगल रावलको टिमले पनि समूहगत रुपमा उम्मेद्धारी दिएको छ ।

निर्वाचन काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *