चिकित्सक संघको निर्वाचन : यी हुन् टिम मंगलबाट उम्मेद्धारी दिने चिकित्सकहरु

692
Shares

काठमाडौँ, २ पुस । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनका लागि डा मंगल रावलको नेतृत्वमा एक समूहबाट उम्मेद्धारी दर्ता भएको छ ।

टीम मंगल समूहबाट उम्मेद्धारी दर्ता गर्नेहरुमा अध्यक्ष पदमा डा मंगल रावल, बरिष्ठ उपाध्यक्ष पदमा डा कीर्तिपाल सुवेदी रहेका छन् ।

यस्तै उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा टंक बाराकोटी, मधेश प्रदेशबाट डा उदय नारायण सिंह, बागमतीबाट डा अरुण शाही रहेका छन् । यस्तै लुम्बिनीबाट डा सन्तोष पोखरेल, गण्डकीबाट डा यज्ञराज सिग्देल, कर्णालीबाट डा रविन खड्का, सुदूरपश्चिमबाट डा निरज अर्याल रहेका छन् ।

यस्तै सो समूहबाट महासचिव पदमा डा कालुसिंह खत्री, कोषाध्यक्षमा डा चन्दनी जयसवाल, सहसचिवमा डा रामजीवन प्रसाद र सह कोषाध्यक्षमा डा सुवास गुरुङ रहेका छन् ।

सदस्यहरुमा डा अमित झा, डा अरुण उप्रेती, डा निराजन तामाङ, डा जेबाना अन्सारी, डा दिक्षा बोहरा, डा पल्पसा श्रेष्ठ रहेका छन् ।

निर्वाचन काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *